विधान महाधिवेशनबारे छलफल गर्न शुक्रवारदेखि शुरू भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज शनिवार पनि बस्दैछ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा हुने बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ ।
विधान महाधिवेशनमा पेश गरिने प्रस्तावमाथि छलफल गर्न शुक्रवार गठित १० वटा समूहले छलफल गरेपछि शनिवारको बैठकमा टोली नेताले रिपोर्ट प्रस्तुत गर्ने जनाइएको छ ।
केन्द्रीय कमिटीबाट पारित भएका प्रस्तावलाई विधान महाधिवेशनमा पेश...