एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् ।
पछिल्लो समय पार्टी बैठकहरूमा सहभागी नभएका उपाध्यक्ष गौतम पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काएपछि बैठकमा सहभागी हुन लागेका हुन् ।
गौतमले आफ्नै संयोजकत्वमा नेकपा एमाले एकता अभियान सञ्चालन गर्दै आएका छन् ।
गौतम बालुवाटार गएको पुष्टि उनको सचिवालयले पनि गरेको छ ।
'नेकपा (एमाले) का उपाध्यक्ष तथा एकता अभियान का संयोजक कमरेड वामदेव गौतम नेकपा (एमाले) को २०७५ जेठ ३ गते पूर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थ...