चितवनमा तेस्रो बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

२० साउन, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने भएको छ । कृषि विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनामा तेस्रो संस्करणको सम्मेलन गर्न लागिएको हो । भदौ ३१ र असोज १ …

सम्बन्धित सामग्री

गोरखामा फेला परेको अजिङ्गर सुरक्षित बासस्थानमा छोडियो

गोरखा – गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा फेला परेको अजिङ्गर आज चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको छ । सब–डिभिजन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपाली सहितको वन कार्यालयका कर्मचारीको टोली चितवनस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा लगेर छोडेको हो । फेला पारिएको क्षेत्रमा सुरक्षित बासस्थान नभेटिएपछि चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको वन अधिकृत गोपालीले […]

मानव र गैँडाबीच द्वन्द्व बढ्दै

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ । चोरी सिकारी र बासस्थान अभाव हुँदा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जमा सो समस्या बढ्दै गएको हो ।  विसं २०२९ मा स्थापना भएका यस निकुञ्जमा २०५५ सालदेखि हालसम्म एक सय ७९ वटा गैँडा चोरी सिकारीका कारण मरेका छन् ।  निकुञ्जको स्थापनापछि झन्डै डेढ दशक रोकिएको गैँडाको चोरी सिकार विसं २०४० को दशकपछि पुनः सुरु भई द्वन्द्वकालमा ह्वात्तै बढेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । चितवनमा विसं २०५६ देखि २०६६ को बीचमा एक

चितवनमा बाघको बासस्थानसँगै बढ्न थाले आक्रमणका घटना : ११ महिनामा १४ जनाको मृत्यु

चितवन - चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थान वरपर मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् ।  निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा १४ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । गत आर्थिक वर्षमा बाघको आक्रमण...

चितवनमा गैँडा स्थानान्तरण गर्नका लागि अध्ययन शुरु

चैत ८, चितवन । दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । यो समितिले गैँडासँगै बाह्रसिङ्गे स्थानान्तरणका लागि अध्ययन गर्ने छ । कृष्णसार स्थानान्तरणका लागि अध्ययन गरी प्रतिवेदन तयार भइसकेको छ । अर्ना स्थानान्तरणको अध्ययनसमेत गरिने छ । अध्ययन समितिका संयोजक ढकालका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पश्चिममा गैँडाको संख्या धेरै रहेको छ । ती गैँडामध्ये केहीलाई पूर्व स्थानान्तरणका लागि अध्ययन थालिएको हो । कोसीटप्पु राष्ट्रिय निकुञ्जमा चितवनको गैँडा लैजाने विषयमा अध्ययन थालिएको हो ।  विभागले ढकालको संयोजकत्वमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, कोसीटप्पु राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, इकोलोजिष्ट गणेश पन्त, राष्ट्रिय प्रकृति संरक्षण कोषका नरेश सुवेदी, जेडएसएलका भगवानराज दाहाल, विश्व वन्यजन्तु कोषका कञ्चन थापा र सहायक इकोलोजिष्ट हेमराज आचार्य रहेको अध्ययन समिति बनाएको छ । समितिले चितवन र कोसीटप्पुको पहिलो चरणको अध्ययन गरेको छ । ढकालको भनाइमा कोसीटप्पु, बर्दिया र शुक्लाफाँटामा गैँडा स्थानान्तरणको विषयमा अध्ययन भइरहेको छ । विज्ञ समूहहरु पठाएर थप अध्ययन गरिने उनको भनाइ छ । बर्दियामा ३८ र शुक्लाफाँटामा १७ ओटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन ओटा गैँडा छन् । चितवन र पर्सा जोडिएकाले गैँडा यताउता गरिरहने हुँदा गैँडाको संख्या घटबढ हुने गर्दछ । पछिल्लो गणनामा देशभरका यी निकुञ्जमा कुल गैँडाको संख्या ७५२ पुगेको छ । ढकालले तीन/चार महीनामा अध्ययन पूरा गरेर विभागमा प्रतिवेदन बुझाउने बताए । यो वर्ष अध्ययनमा समय लाग्ने भएकाले आउँदो वर्र्ष स्थानान्तरण गर्न सकिने उनको भनाइ छ । गैँडा स्थानान्तरण गर्न हिउँद पर्खनुपर्छ । विगतमा कोसीमा गैँडा रहेको भन्दै उनले त्यो ठाउँ गैँडाका लागि उपयुक्त हुनसक्ने बताए ।  यससँगै गैँडाको बासस्थान विस्तारमा यो महत्वपूर्ण हुन सक्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्य निकुञ्जको पश्चिमी क्षेत्रमा जोखिममा रहेका गैँडा आन्तरिकरुपमा स्थानान्तरण गर्नुपर्ने देखिएकाले अध्ययन थालिएको बताउँछन् । विसं २०७४ मा बाढीका कारण धेरै गैँडा बगेर भारत पुगेका थिए । केही गैँडा उद्धार गरी फिर्ता ल्याए पनि अरु केही ल्याउन सकिएको छैन । आचार्यले एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रमसमेत बढेको बताए । उनको भनाइमा बासस्थानको बिस्तार गरी केही गैँडा पूर्व ल्याउन सकेमा उपयुक्त हुन्छ । अध्ययन समितिले यो विषयमा विस्तृतरुपमा अध्ययन गर्दैछ । घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व लैजान लागिएको हो । निकुञ्जमा गैँडाको संख्या बढ्दै जाने तर बासस्थानको व्यवस्थापन संख्याको आधारमा गर्न नसक्दा समस्या देखिएको छ । विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले समितिले प्रतिवेदन दिएपछि मन्त्रालयले आवश्यक निर्णय गर्ने बताए । उनले भने, ‘सम्भवगत अर्को वर्ष स्थानान्तरण गर्ने गरी अध्ययन यो वर्ष सकिन्छ ।’ गैँडा, अर्ना, बाह्रसिङ्गे र कृष्णसार स्थानान्तरण गर्नका लागि अध्ययन थालिएको उनले बताए ।  पूर्वी चितवनको टिकौलीमा कृष्णसार ल्याउनका लागि अध्ययन गरी समितिले प्रतिवेदन दिइसकेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटा र बर्दियाको कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट कृष्णसार ल्याउन, कोसीटप्पु राष्ट्रिय निकुञ्जबाट अर्ना ल्याउन र शुक्लाफाँटाबाट बाह्रसिङ्गे ल्याउनका लागि अध्ययन शुरु गरिएको हो । पूर्वी चितवनको टिकौली चौरमा कृष्णसार ल्याउनका लागि यसअघि नै अध्ययन गरिसकिएको छ । सो ठाउँमा १६ देखि १८ ओटा कृष्णसार ल्याउन सकिने गरी अध्ययन गरेर प्रतिवेदन बुझाईसकिएको छ । खुल्ला खोर (पूर्वाधार) निर्माण गरी कृष्णसार ल्याउन सकिने अध्ययनले देखाएको छ । ‘सोलार फेन्स’ गरेर बीचको भागमा माटाका थुप्रा बनाउनुपर्ने हुन्छ । सर्वसाधारणले अवलोकन गर्नसक्ने गरी स्थानान्तरण उपयुक्त हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । निकुञ्जमा यसअघि ल्याइएका सात ओटा बाह्रसिङ्गेमध्ये ६ ओटा  मरिसकेका छन् । तत्कालीन समयमा दुई भाले र पाँच पोथी बाह्रसिङ्गे शुक्लाफाँटाबाट ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा बनाइएको खुल्ला खोरमा अर्नासँगै बाह्रसिङ्गे राखिएको थियो । सो खोरमा हाल तीनओटा अर्ना रहेका छन् । तत्कालीन समयमा कोसीटप्पुबाट १३ ओटा र सदर चिडियाखानाबाट दुई ओटा अर्ना ल्याइएको थियो । ल्याइएका अर्ना मरेर तीन ओटा बच्चा मात्रै बाँकी रहेका छन् । ती यही जन्मिएका बच्चा हुन् । ठूलो संख्यामा अर्ना ल्याएर वर्षाको समयमा बथानमा खुल्ला छोड्ने गरी अर्ना स्थानान्तरणको योजना बनाइएको छ । बर्सातको समयमा एकै ठाउँमा राख्दा समस्या देखिएपछि हिउँदमा केही समय खोरमा राखेर छाड्ने गरी स्थानान्तरण गर्ने योजना बनाइएको हो । एकै ठाउँमा वन्यजन्तु रहँदा कुनै महामारी रोगव्याधि भएमा वंश विनाश हुनसक्ने भएकाले विभिन्न ठाउँमा स्थानान्तरण गर्न लागिएको कँडेलले जानकारी दिए । यसअघि यहाँबाट दुर्लभ एकसिङ्गे गैँडा बर्दिया र शुक्लाफाँटा स्थानान्तरण गरिएको थियो । रासस

वन्यजन्तुको भारत बसाइँसराइ रोक्न विशेष कार्यक्रम

काठमाडौं, फागुन १८ । विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैँडालगायतका वन्यजन्तुको प्रमुख बासस्थान मानिएको चितवनमा वन्यजन्तुको बासस्थान विशेष सुधार कार्यक्रम लागू हुनेभएको छ । पछिल्ला वर्षमा बासस्थानमा देखिएको समस्याले पाटे बाघ, एकसिङे गैँडा, गौरी गाईलगायतका वन्यजन्तु भारततर्फ बसाइँ सर्न थालेपछि सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र बासस्थान विशेष सुधार कार्यक्रम लागू गर्न लागेको हो । सीमित बासस्थान, […]

वन्यजन्तुको भारत बसाइँसराइ रोक्न विशेष कार्यक्रम

विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैँडालगायतका वन्यजन्तुको प्रमुख बासस्थान मानिएको चितवनमा वन्यजन्तुको बासस्थान विशेष सुधार कार्यक्रम लागू हुनेभएको छ । पछिल्ला वर्षमा बासस्थानमा देखिएको समस्याले पाटे  बाघ,  एकसिङे  गैँडा,  गौरी  गाईलगायतका  वन्यजन्तु भारततर्फ बसाइँ सर्न थालेपछि सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र बासस्थान विशेष सुधार कार्यक्रम लागू गर्न लागेको हो ।सीमित  बासस्थान,  आहाराजन्य  जनावरको  कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भा

चितवनमा ५८ जनामा डेंगु, लामखुट्टेको लार्भा नष्ट गर्न अभियान

चितवन : चितवन स्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको अगुवाइमा स्थानीय तहसँगको समन्वयमा उक्त अभियान थालिएको हो।  आगामी साउन, भदौबाट डेंगु रोगको प्रकोप बढ्नसक्ने भएकाले सचेतनामुलक कार्यक्रमसहित डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा...