राष्ट्रिय भूमि आयोगले सिन्धुलीको दुधौली नगरपालिकाबाट भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ । दुधौली नगरपालिका–९ दोकानडाँडामा आइतबार आयोजित कार्यक्रममा भूमि व्यवस्था तथा सहरी विकासमन्त्री शशी श्रेष्ठले १०६ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेकी छिन् ।