राष्ट्रिय भुमि आयोगले सिन्धुली जिल्लाको दुधौली नगरपालिकाबाट देशमै पहिलो पटक भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण सुरु गरेको छ । दुधौली नगरपालिका –९ दोकानडाँडामा आईतबार आयोजित एक कार्यक्रममा भुमि व्यवस्था तथा सहरी विकास मन्त्री शशी श्रेष्ठले १०६ घर परिवार मुसहर परिवारलाई भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण गर्नुभयो ।