काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
क्यापिटलले डियरवाक ग्रुप लिमिटेड अन्तर्गत रहेका डियरवाक कम्पवेयर लिमिटेड र सिफल स्कुल लिमिटेडका कर्मचारीसँग यस विषयमा छलफल गरेको हो । कार्यक्रममा सहभागीलाई नेपालको धितोपत्र बजार, खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड र खुलामुखी योजनाअन्तर्गत रहेको व्यवस्थित लगानी योजनासम्बन्धी जानकारी गराइएको थियो । कार्यक्रममा क्यापिटलले हाल प्रदान गरिरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा र बजारका विभिन्न लगानी उपकरणको बारेमा समेत छलफल भएको थियो ।