स्थानीय तहका जनप्रतिनिधिले कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय तहको कोषमा बजेट सकिएकाले थप बजेट सहयोग गर्न सङ्घ र प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
चालू आर्थिक वर्षमा कोरोना रोकथाम र नियन्त्रण गर्न विनियोजित बजेट खर्च भइसकेको तथा कोरोना रोकथामका लागि थप बजेट आवश्यक पर्ने भएकाले स्थानीय तहले सङ्घ र प्रदेश सरकारसँग आग्रह गरेका हुन् ।
अधिकांश ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि नागरिकले गाउँपालिका र नगरपालिकाको कार्यालयमा अनुरोध गर्न थालेका छन् । गाउँमा सङ्क्रमण भइहाले अस्पताल, चिकित्सक, औषधि र अक्सिजनलगायतको अभाव हुने एवं ज्यानै जाने जोखिम भएकाले त्रास बढ्दै गएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।
आईएमई लाइफ इन्स्योरेन्स कंम्पनी लिमिटेडले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालमा पनि उत्तिकै असर गरेको र यस संकटको घडीमा एउटा सानो सहयोगले पनि कोरोना भाइरस विरुद्ध रोकथाम, तथा नियन्त्रणका साथै उपचारका लागि थप सहयोग हुने विस्वास कम्पनीले जनाएको छ ।
कंम्पनीको क्षेत्रिय तथा शाखा कार्यालयमार्फत नेपालभरको विभिन्न अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाका लागि सुरक्षा सामग्री पिपिई लगायतका सामानहरु समेत हस्तान्तरण गरेकोे छ ।
२८ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको बताएको छ ।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको बताएका …