किन गरे घनश्याम भुसालले संसदीय मर्यादा उल्लंघन?

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संविधान र राजनीतिका लागि संसदीय मर्यादा उल्लंघन गरेको बताएका छन्। फेसबुकमा स्टाटस लेख्दै भुसालले संसदीय मर्यादा उल्लंघन गरेको स्पष्टीकरण दिएका हुन्। 'एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु। तर, हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्घनको विकल्प रोज्नुपर्ने…

सम्बन्धित सामग्री

होलीमा उत्श्रृंखल गतिविधि गरे कारबाही गरिने

नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले होलीमा अमर्यादित, उत्श्रृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले होली मनाउने नाममा अनावश्यक तडकभडक, खर्चिला, भड्किला कार्यक्रम गर्ने, झैझगडा, मादक पदार्थ सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरित रंग एवं पानीको लोला हान्ने, पानी […]

आउँदो वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउँछुः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन् । मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै दाहालले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताए। खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गरे।

ब्रिटिस रेडक्रसद्वारा मर्यादा तथा स्वच्छता सामग्री सहयोग

ब्रिटिस रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरण गर्न आवश्यक सामग्री उपलब्ध गराएको छ ।ती सामग्रीमा मर्यादा र स्वच्छता सामग्री क्रमशः एक हजार तीन सय- एक हजार तीन सय सेट छन् । ब्रिटिस रेडक्रसका नेपाल प्रमुख कृति रेले ती सामग्री नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई सोमबार हस्तान्तरण गरे ।सो अवसरमा ब्रिटिस रेडक्रसका नेपाल प्रमुख रेले विपद् तथा महामारीबाट प्रभावित भई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरणका लागि नेपाल रेडक्रसलाई आवश्यक सामग्री

कूटनीतिक मर्यादा उल्लंघन

मुलुकमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारूढ गठबन्धनको एक प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीका उपप्रमुखलाई एमसीसी पारित गर्ने सम्बन्धमा पठाएको पत्रले नेपालको कूटनीतिक कमजोरीलाई मात्र देखाएको छैन समग्र मुलुककै परराष्ट्र नीतिमाथि प्रश्न र आशंका उठाएको छ । यसतो प्रवृत्तिले विश्व रंगमञ्चमा नेपाललाई कसैले पनि नटेर्ने र क्रमशः एक्लिँदै जाने सम्भावना बढी हुन्छ । कूटनीतिक विषयलाई यसरी हलुका लिँदा नै नेपाललाई धेरै देशले पत्याउन छाड्न थालेको पाइन्छ । देशको राजनीतिक र प्रशासनिक उच्च तहमा बस्ने व्यक्तिहरूको अभिव्यक्ति र क्रियाकलाप पनि इमानदारीपूर्ण हुनुपर्छ । तर, एमसीसीलाई पत्र लेखेको विषयमा यस्तो इमानदारी उच्च राजनीतिक नेतृत्वले देखाएन । एमसीसी सम्झौता संसद्बाट पारित हुने कुरा नेपालमा निकै पेचिलो मात्र भएको छैन मुलुक नै यसको समर्थन र विरोधमा विभाजित हुन थालेको संकेत देखापरिरहेका छन् । आफ्नो मुलुकको विकासका लागि आवश्यक लगानीका लागि कुनै पनि मुलुकसँग सम्झौता हुनु र ऋण सहयोग, अनुदान आदि लिनु स्वाभाविक प्रक्रिया हो । विदेशी अनुदान र सहयोगले मात्रै देश बन्दैन तर यस्तो सहयोग विकासका लागि निकै ठूलो सहयोगी हुन्छ । अतः नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएसन (बीआरआई) सँग सम्झौता गरेको भने एमसीसी सहयोगका लागि अमेरिकासँग सम्झौता गरेको छ । सहयोग लिन वा नलिन सार्वभौम मुलुक भएकाले नेपाल स्वतन्त्र छ । तर, सम्झौता गरिसकेपछि त्यसका पालना गर्नु मुलुकको इमानदारी हो । बीआरआईमा नेपालले इमानदारी देखाएको छ र त्यसमा कुनै विरोध पनि छैन । तर एमसीसीका लागि लिएर भने राजनीतिक दलमात्र होइन सर्वसाधारण जनतासमेत तीव्र विरोध र समर्थनमा देखिएका छन् । यो समस्यालाई राष्ट्रिय स्वाधीनतासँग जोडेर प्रचारबाजी गरिएकाले समस्या झनै जेलिएर गएको छ । अतः यसलाई शीघ्रातिशीघ्र एउटा तार्किक निष्कर्षमा पुर्‍याउनु आवश्यक छ । यस्तोमा प्रधानमन्त्रीले एमसीसीका एक जना कर्मचारीलाई सम्बोधन गरेर संसदबाट सम्झौता अनुमोदनका लागि समयसीमा माग गरेर पत्र लेखेको घटनाले चर्को विवाद निम्त्याएको छ । समाधानका लागि पत्र लेख्नु त ठीकै हो तर प्रधानमन्त्रीले आफू समकक्षीलाई पत्र नलेखी एउटा कर्मचारीलाई पत्र लेख्दा कूटनीतिक मर्यादा उल्लंघन भएको छ । त्यो पनि परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई यसरी चिठी लेख्नु गल्तीमात्र    होइन, अपराध सरह नै हो । अर्को, कुनै पनि मुलुकसँग सम्झौताहरू गरिन्छ, प्रतिबद्धताहरू गरिन्छ भने त्यसलाई जसरी पनि पालना गर्नुपर्छ । सम्झौता कार्यान्वयन नगर्दा चुनौती थपिन्छ र थपिएको छ । नेपालले दुई छिमेकी मुलुक भारत र चीनको सुरक्षा संवेदनशीलता र चिन्तालाई सम्बोधन गर्ने प्रतिबद्धता सार्वजनिक रूपमा गरे पनि त्यसको कार्यान्वयन गर्न नसक्दा दुवै मुलुकले नेपाललाई विश्वास नगरेको देखिन्छ । त्यसैले मुलुकको कूटनीति दिनप्रतिदिन कमजोर बन्दै गएको छ । देशको राजनीतिक र प्रशासनिक उच्च तहमा बस्ने व्यक्तिहरूको अभिव्यक्ति र क्रियाकलाप पनि इमानदारीपूर्ण हुनुपर्छ । तर, एमसीसीलाई पत्र लेखेको विषयमा यस्तो इमानदारी उच्च राजनीतिक नेतृत्वले देखाएन । शुरूमा एमसीसीलाई पत्र लेखेको छैन भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर, पत्र सार्वजनिक भएर व्यापक आलोचना भएपछि सत्ता गठबन्धन जोगाउन र मुलुकको हितका लागि यस्तो पत्र लेखेको स्पष्टीकरण उनको सचिवालयले दियो । यस्तो दोधारे कुरा र नीति कुनै पनि हालतमा स्वीकार्य हुँदैन । अर्को, दाहालले एमसीसी पारित गर्ने सम्बन्धमा पत्र लेखेपछि अहिले आएर यसलाई निर्णयार्थ संसद्मा लैजानसमेत अवरोध पुर्‍याएका छन् । संसद्मा लगिसकेपछि पारित गर्नु नगर्नु संसदको अधिकारको कुरा हो । तर, संसदमै लैजान नदिने वातावरण बनाउनु, अझ निर्वाचनपछि मात्रै यस विषयमा छलफल गर्ने भनी विषयान्तर गर्नु कुनै पनि हालतमा राजनीतिक नेतृत्वका लागि सुहाउँदैन । अहिले पनि माओवादी केन्द्रको अवधारणा हेर्दा एमसीसी पारित हुने सम्भावना कमै देखिन्छ । नेपालले आफै प्रस्ताव गरेर माग गरेको अनुदान सहयोगबाट नेपाल पछि हट्यो भने आगामी दिन नेपालका लागि झनै कष्टकर हुने सम्भावना छ । यसतर्फ पनि राजनीतिक नेतृत्वको ध्यान जानु जरुरी छ ।

अदालतको मर्यादा विपरित एमाले : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको संविधान, सङ्घीयता, गणतन्त्र र परिवर्तनको पक्षमा एमाले नरहेको जिकीर गरेका छन् । समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चले आज आयोजना गरेको कार्यक्रममा उनले जनादेशको भावना, अदालतको मर्यादा, विधिविधानलाई एमालेले उल्लङ्घन गरी संसद्लाई अगाडि बढ्न नदिएको बताए । देश विकासका लागि मुलुकमा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले आफ्नो पार्टीले प्रतिभाशाली मेहनती बौद्धिक, बुद्धिजीवी व्यक्तिको आविष्कार गर्न चाहेको उल्लेख गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीले अव...

संसद्को मर्यादा मिच्ने एमाले

नेकपा एमालेले जनताको सार्वभौम संसद्माथि निरन्तर धावा बोलिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले दुईपटक संसद् विघटन गरे ।संसद्को हत्या गरेर तानाशाह बन्न खोजेका ओलीको पतन सोही कारण भयो । यस्तै स्वेच्छाचारिता र अहंताका कारण सग्लो नेकपा दुई टुक्रा भयो । त्यसपछि आफ्नै पार्टीभित्र अपमान खप्न नसक्ने भन्दै वरिष्ठ नेता माधवकुमार […]

माधव नेपालमाथि खनिए ओली : देशकाविरुद्ध बहुतै ठुलो अनिष्ट काम गरिरहेका छन्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आफूले कारवाही गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति थप खनिएका छन्। तेस्रो महिला अधिकार दिवसलाई सम्बोधन गर्दै ओलीले नेपालले संसदीय मर्यादा नाघेको भन्दै आक्रोश व्यक्त गरे। उनले संसदीय मर्यादा नाघेर नेपालले सरकारका विरुद्ध अविश्वास र नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागेको…

मैले पदको मर्यादा राखेर काम गरेको थिएँ : शेरचन

पोखरा। अमिक शेरचनले आफू गण्डकी प्रदेश प्रमुखमा रहँदा कुनै पनि असंवैधानिक काम नगरेको बताएका छन्। आज पोखरा भएको पत्रकार सम्मेलनमा उनले त्यस्तो राजिनामा दिनैपर्ने कुनै कारण भनेको भए पहिला नै राजीनामा दिने उल्लेख गरे। ‘राजनीतिक कारण हो भने पनि मैले तत्कालीन एमालेको विपक्षमा र माओवादी कांग्रेसको पक्षमा केही त गरेको छैन’, उनले भने।