ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजानुपर्ने बताएकी छन् । मगर समाज सेवा केन्द्र ललितपुरले सोमबार आयोजना गरेको ‘देउसी भैलो’ कार्यक्रममा उनले संविधानको रक्षा गर्दै यसको पूर्ण कार्यान्वयनमा जानुपर्ने बताइन् । “संविधानले उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई अधिकार दिएको छ । संविधानको रक्षा गर्दै आर्थिक सामाजिक विकासमा लाग्नुपर्छ”, प्रतिनिधिसभा ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेकी मन्त्री