भोजपुर । भोजपुरमा संघीय सांसदले नै निर्वाचन आचरसंहिता उलङ्घन गरेका छन् । निर्वाचन आयोगले उद्घाटन, शिलान्यास लगायतका कार्यक्रम गर्न नपाइने भनेपनि संघीय सांसद सुदन किरातीले नै मन्दिर उद्घाटन गरेका हुन् । सांसदले मञ्चमा गएर शिलान्यास गरेको विषयमा भने जिल्ला प्रशासन, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै प्रहरी नै बेखवर रहेका छन् । प्रमुख जिल्ला […]
The post भोजपुरमा आचरसंहिता विपरित सांसदले गरे मन्दिर उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.
भोजपुर : भोजपुरमा संघीय सांसदले नै निर्वाचन आचारसंहिता उलङ्घन गरेका छन्।निर्वाचन आयोगले उद्घाटन, शिलान्यास लगाएका कार्यक्रम गर्न नपाइने भनेपनि संघीय सांसद सुदन किराँतीले नै मन्दिर उद्घाटन गरेका हुन्।सांसदले मञ्चमा गएर शिलान्यास गरेको विषयमा भने जिल्ला प्रशासन, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै प्रहरी नै बेखवर रहेका छन्।प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोईरालाले भने, ‘हामीलाई यस्तो कार्यक्रमको विषयमा जानकारी छैन, के भएको हो भन्ने विषयमा मुख्य निर्वाचन अधिकृ
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको सुन्दरहरैँचा नगरपालिका निर्माण भएको सुन्दरहरैँचा नगर अस्पतालको उद्घाटन गरेका छन्। नगरपालिकाले निर्माण गरेको ३५ शय्याको नगर अस्पतालको सोमवार प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन्।
देउवाले सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवनको पनि शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रममा उनले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्न हुनेले उन्मुक्ति नपाउने…
दार्चुला । २०७७ असोज ९ मा निवर्तमान गृहमन्त्री रामबहादुर थापाले व्याँसको छाङरूमा सशस्त्र प्रहरीको भवन निर्माण शिलान्यास गरे । भारतले धार्चुला हुँदै कैलाश मानसरोवर जोड्न भन्दै नेपाली भूगोल लिपुलेक हुँदै सडक निर्माणको उद्घाटन गरेपछि सरकारले वैशाख ३१ गते व्याँसमा सीमा सुरक्षार्थ सशस्त्र प्रहरी राख्ने निर्णय गरेको थियो ।
बोर्डर आउट पोष्ट राखिएको तीन महीनापछि असार २८ गते मन्त्रिपरिषद्को निर्णयअनुसार छाङरूमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय गर्यो । सोही निर्णयअनुसार सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नं ५० गुल्म छाङरूमा स्थानान्तरण गरियो भने खलंगामा सशस्त्र प्रहरी बल नं ४४ गण स्थापना भयो ।
छाङरूमा गुल्म नै स्थापना भएपछि सरकारले सशस्त्र प्रहरीलाई बाहै्रैमास राख्ने निर्णय ग¥यो । सोही अनुसार एक वर्षभित्रै सशस्त्र प्रहरीको भवन निर्माण हुने भनियो । निर्माण व्यवसायी सुरेश चन्दले दुई महीनाभित्र भुइँतलाका २० कोठा र एक वर्षभित्र सुविधासम्पन्न ४० कोठे भवन निर्माण गर्ने बताए । तर निर्माण शुरू गरिएको ९ महीनासम्म व्याँसमा सशस्त्र प्रहरीको जग मात्रै हालिएको छ ।
‘अहिले भवनको भुइँतलाको पिल्लरसम्म निर्माण पुगेको छ, व्याँस गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, ‘त्यो पनि चारैतिरबाट बनेको छैन । कुल १० करोड लागतमा भवन निर्माण भइरहेको छ ।’
व्याँसमा सशस्त्र गएको एक वर्षभन्दा बढी हुँदा पनि सशस्त्र प्रहरी अहिले भाडाको घरमा बस्दै आएका छन् । भवन अभावले अहिले पनि जनशक्ति व्यवस्थापन गर्न समस्या भएको सुरक्षाकर्मी बताउँछन् । भवन निर्माण अझै पनि ढिलाइ भइरहेको छ । सशस्त्र प्रहरीका अनुसार यही गतिमा हो भने भवन निर्माण अझै एक वर्ष बढी लाग्न सक्छ ।
त्रिदेशीय सीमा क्षेत्र तिंकरमा सशस्त्र प्रहरीको बीओपी निर्माणको काम अहिलेसम्म शुरू हुन सकेको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरू भएको छैन । व्यास गाउँपालिका–१ को तिंकर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बीओपी बनाउने तयारी गरिएको हो । चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिंकरमा पनि सशस्त्र राख्न लागेको, तर भवन दुवै ठाउँमा निर्माणमा ढिलाइ हुँदा यहाँ बस्ने सशस्त्र प्रहरीको मनोबल बढ्न नसकेको सुरक्षाकर्मी स्वयं बताउँछन् ।
तिंकरमा ६ महीनाभित्रै प्रिफ्याबको एंगलसहितको भवन निर्माण गर्ने सम्झौता भएको । तर यो आर्थिक वर्षमा भवन बन्ने सम्भावना छैन । सरकारले तिंकरमा बोर्डर आउट पोष्ट बनाउन १ करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो । दुवै ठाउँका भवन निर्माणमा निर्माण व्यवसायीले चासो दिएको छैन । ‘एउटा चिसो मौसम भाडाकै भवनमा आगो तापेर काटियो, एक सुरक्षाकर्मीले भने, ‘अर्को चिसोयाम आउँदासम्म भवन निर्माण हुने अवस्था देखिँदैन ।’ रासस
काठमाडौं : नेपाल सशस्त्र प्रहरी बल (एपिएफ) स्कुल छात्रावासको निर्माण सम्पन्न भएको छ। भारतको सहयोगमा निर्माण भएको सो छात्रावासको आज भारतीय दूतावासका विशेष प्रतिनिधि डेप्युटी चिफ मिसन डा अजय कुमारले उद्घाटन गरेका हुन्।
सो छात्रावासको शिलान्याश २०७१ साल असारमा भएको थियो। तत्कालिन भारतीय राजदूत रणजित रायले छात्रावासको शिलान्यास गरेका