काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारीले पूर्णता पाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकबाट पदाधिकारी चयन गरिएको हो ।
बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष कृष्णबहादुर महराले महासचिवमा देव गुरुङलाई चयन गरिएको जानकारी दिए ।
उनका अनुसार उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल,...