रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित राममणि बहुमुखी क्याम्पसका शिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । विज्ञान विषय पढाउने शिक्षक केशव ढुंगानाले सोमबार सो कलेजमा अध्ययनरत एकजना छात्रालाई दुर्व्यवहार गरेका हुन् । पेटको समस्या भएपछि छात्रालाई डेरामा छाड्न गएका ढुंगानाले आफुलाई उचालेर चुम्बन गरेको पीडित छात्राले आफ्ना साथीहरुलाई बताएकी छन् । अगुवा विद्यार्थीहरुले सो घटना प्रिन्सिपल ताराप्रसाद पराजुलीलाई जानकारी गराएका छन् । तर, प्रिन्सिपलले सो घटना प्रहरीमा जानकारी नगराउन