पूर्व डिआइजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर प्रयास गरिरहेको बताएका छन् । मंगलबार पूर्व सुरक्षाकर्मी परिषद्को एक कार्यक्रममा बोल्दै खरेलले भारतको सधैँ नेपाली जनताको सार्वभौमसत्तामाथि खेलिरहने मनसाय कायमै रहेको बताए । उनले भारतसंग मैत्रीपूर्ण संवादबाट समस्याको समाधान खोजिनुपर्ने बताए । राष्ट्रियता बचाई राख्न कुटनीतिक निकाय र गृह प्रशासन चनाखो हुनुपर्ने जनाउँदै उनले पूर्व सुरक्षा निकायमात्र नभई हरेक नेपालीमा राष्ट्रियता जाग्नुपर्ने बेलाई आईसकेको उनको धारणा रहेको छ । क