विराटनगर बास्केटबल एकेडेमीले बास्केटबल र पौडी प्रतियोगिता आयोजना गर्ने

मोरङ – विराटनगर बास्केटबल एकेडेमीले प्रदेशस्तरीय थ्री बाई थ्री बास्केटबल तथा पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ। विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा एकेडेमीका अध्यक्ष सरोज लम्सालले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै असार १७ गते बास्केटबल र असार २४ गते पौडी प्रतियोगिता हुने जानकारी दिए। एक–एक दिनका लागि हुने प्रतियोगितामा मोरङ, झापा र सुनसरीका […]

सम्बन्धित सामग्री

छब्बिसौं एनएसए कप पौडी बुधबार देखि हुने

नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा २६ औं एनएसए (नेपाल पौडी संघ) कप राष्ट्रिय पौडी प्रतियोगिता बुधबार र बिहिबार हुने भएको छ।...

नेपालगञ्जमा प्रदेशस्तरीय पौडी प्रतियोगिता हुने

नेपालगञ्ज – नेपालगञ्जमा प्रदेशस्तरीय पौडी प्रतियोगिता हुने भएको छ। दुई हप्तअघि गठन गरिएको नेपालगञ्ज स्वीमिङ क्लवले कात्तिक २५ गते नेपालगञ्ज रंगशालामा रहेको पौडी पोखरीमा प्रतियोगिता गराउन थालेको हो। क्लवका अध्यक्ष केशवराज न्यौपानेका अनुसार, प्रतियोगितामा बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडी सहभागी हुँदैछन्। प्रतियोगितामा ८, १०, १२, १४, १५ वर्ष उमेर समूहका अतिरिक्त […]

राजर्षि गुरुकुलमा पौडी प्रतियोगिता : ‘वाटर हाउस’ विजेता

काठमाडौँको राजर्षि गुरुकुलले विद्यालय तहदेखि नै खेलकूदको विकास गर्ने उद्देश्यका साथ इन्टर हाउस पौडी प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयको आफ्नै प्राङ्गणमा रहेको पौडी पोखरीमा आयोजित प्रतियोगितामा आरजी मा वाटर हाउस विजेता बनेको छ । वाटर हाउसले ११६ अङ्क ल्याएर प्रथम भयो । त्यसै गरी सन हाउस १०६ अङ्कसहित दोस्रो र रकले १०० अङ्कसहित तेस्रो …

२५औं खुल्ला पौडी प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै नेपाल पौडी संघले २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज ६ देखि ८ गतेसम्म आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुला गरि दुई समूहमा प्रतिस्पर्धा गर्न लागिएको संघले जनाएको छ । जसमा उमेर समूहतर्फ छात्र र […]

प्रदेश स्तरीय बास्केटबल र पौडी हुँदै

विराटनगरमा प्रदेश स्तरीय थ्री बाई थ्री बास्केटबल र पौडी प्रतियोगिता हुने भएको छ। विराटनगरको एभरेष्ट कलेजले प्रदेश स्तरीय बास्केटबल र पौडी प्रतियोगिता आयोजना गर्ने भएको हो।...

विराटनगरमा पौडी प्रतियोगिता सम्पन्न

ओलम्पिक दिवसका अवसरमा शनिबार विराटनगरमा पौडी प्रतियोगिता आयोजना गरिएको छ।

वैशाख २२ गते खुल्ला पौडी प्रतियोगिता हुने

२४ औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख २२ र २३ गते हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २२ र २३ गते हुने जनाएको हो । प्रतियोगिता सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने आयोजकले बताएको छ ।  प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिला र पुरुष गरि करिब १ सय ५० जना खेलाडीको सहभागिता हुने संघले जनाएको छ  ।दुई दिन चल्ने प्रतियोगिता हंगेरीमा हुने १९ औ विश्व पौडी प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद प्रतियो

राष्ट्रिय पौडी अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको आयोजनामा २४औं खुल्ला तथा उमेर समुह पौडी प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ । संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १९औं विश्व पौडी प्रतियोगिता जुन २०२२, बुढापेष्ट, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र १९औं एशियाली खेलकुद प्रतियोगिता २०२२ चीनलाई मध्यनजर गरी प्रतियोगिता २२ र २३ वैशाखमा […]

राष्ट्रिय पौडी प्रतियोगिता वैशाख २२ र २३ गते हुने

१२ वैशाख, काठमाडौं । नेपाल पौडी संघको आयोजनामा २४औं खुल्ला राष्ट्रिय र उमेर समूहको पौडी प्रतियोगिता यही बैशाख २२ र २३ गते आयोजना हुने भएको छ । संघका सचिव इश्वर कार्कीले सोमबार सूचना जारी गर्दै दुई दिने प्रतियोथिता सातदोबाटोस्थित स्विमिङ कम्प्लेक्समा आयोजना हुने जनाएका छन् । प्रतियोगिता लङ कोर्सको हुनेछ । प्रतियोगितामा खुल्लातर्फ फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, […]

चितवनमा यसै महिना राष्ट्रव्यापी पौडी प्रतियोगिता हुँदै

विनोदबाबु रिजाल,भरतपुर चितवनमा यसै महिना विद्यालयस्तरीय उमेर समूह पौडी प्रतियोगिता हुने भएको छ । चितवनको भरतपुर–१३ मा रहेको लेक ट्वान्टी थाउजेण्ड फार्म रिसोर्ट (एलटिके हवेली)ले कात्तिक २७ र २८ गते पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो । राष्ट्रव्यापी प्रतियोगितामा छात्र र छात्रातर्फ ३६ इभेन्टमा प्रतिस्पर्धा हुने एलटिके हवेलीका सञ्चालक देवेन लोहनीले जानकारी दिए । उनका […]