गुल्मी – गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि कूल दुई लाख २३ हजार ६ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता रहेका जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिनुभयो ।
क्षेत्र नं १ प्रदेशसभा (क) मा ५७ हजार पाँच सय ७९ र प्रदेशसभा (ख) मा ६१ हजार सात सय नौ मतदाता छन् । गएकाे पालिका तहको चुनावमा तीनमा नेपाली कांग्रेस, दुईमा नेकपा (माओवादी केन्द्र)&...