श्रीलंकामा इन्धन र ग्यास वितरण सुरु

श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास पुनः वितरण सुरु भएको छ । अभूतपूर्व आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन पुनः वितरण भएको हो ।सोमबार राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्रहरूमा लामो लाइन देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ  । लाइनमा हजारौं थकित मानिसहरूको भिड देखिन्थ्यो । महिनौँदेखि इन्धन, खाद्यान्न र अन्य आधारभूत सामग्रीको अभाव झेलिरहेका सर्वसाधारणले थोरै भए पनि राहत अनुभूति गरेका छन् । श्रीलंकाले सन् १९४८ मा स

सम्बन्धित सामग्री

जथाभावी इन्धन बिक्री गरे कारबाही गरिने

सिमकोट – व्यापारीले इन्धन र ग्यास जथाभावी बिक्री गरे कारबाही गरिने भएको छ। व्यापारीले जथाभावी इन्धन बिक्री गरेको उजुरी परेपछि सरोकारवाला पक्षको बैठक बसेर जिल्लाभर लागू हुने गरी इन्धनको मूल्य निर्धारण गरेर यो चेतावनी दिइएको हो। हुम्ला जिल्लाभर लागू हुनेगरी इन्धनको मूल्य निर्धारण गरिएको छ। प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले यातायातका साधनमा प्रयोग हुने इन्धन […]

आधा घट्यो इन्धन आयात

चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर)मा इन्धन आयात ११ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको छ ।अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो । इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धनको खपत कम हुँदा आयातमा क

श्रीलङ्काका ग्यास स्टेशनहरूले अगस्टदेखि राष्ट्रिय इन्धन पास मात्र स्वीकार गर्ने

श्रीलङ्काले केही समयदेखि पर्याप्त मात्रामा इन्धन आयात गर्न नसकेका कारण सवारी चालकका लागि साप्ताहिक इन्धन कोटा सुनिश्चित गर्न इन्धन पास ल्याइएको अधिकारीहरूले बताएका छन्।...

श्रीलंकाका केही भागमा सीमित इन्धन र ग्यास वितरण

कोलम्बो – श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास आपूर्ति पुनः वितरण भएको छ । अभूतपूर्व आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन आपूर्ति पुनः वितरण भएको हो । सोमबार राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्रहरूमा लामो लाइन देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ  । लाइनमा हजारौँ थकित मानिसहरूको भिड […]

आगामी तीन साता श्रीलंकामा इन्धन पाउन कठिनः प्रधानमन्त्री विक्रमासिंघे

कोलम्बो – श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आगामी तीन साता इन्धन र ग्यास पाउन कठिन समय हुने चेतावनी दिएका छन् । उनले ग्यास र इन्धनको भण्डारण नगर्न सर्वसाधारणलाई अपिल गर्दै अहिलेको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक बाहेकको यात्रामा प्रतिवन्ध लगाउने कदम चाल्नुपर्ने बताए । संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्रीले देशलाई […]

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा इन्धन कम प्रयोग गर्न नागरिकहरूलाई आग्रह

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी तीन साता थप कठिन हुने भन्दै नागरिकहरूलाई इन्धन र ग्यास कम प्रयोग गर्न आग्रह गरेका छन्।...

इन्धन र ग्यास कम प्रयोग गर्न श्रीलङ्काली प्रधानमन्त्रीको आह्वान

काठामडौं- श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी तीन साता थप कठिन हुने भन्दै नागरिकहरूलाई इन्धन र ग्यास कम प्रयोग गर्न आग्रह गरेका छन् । संसद्‍मा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो सरकारको मुख्य प्राथमिकता आर्थिक स्थायित्व रहेको बताउँदै कडा परिश्रम र लगनशीलताका माध्यमबाट बौद्धिक सोचका आयोजना कार्यान्वयन गरेर मात्रै यो लक्ष्य हाँसिल गर्न सकिने बताएका हुन् । श्रीलङ्काले […]

इरानले युरोपमा ग्यास निर्यात गर्ने

तेहरान । इरानले युरोपमा ग्यास निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको जनाएको छ । युक्रेनमा रुस र युक्रेनबिच भएको युद्धका कारण ऊर्जाको मूल्य वृद्धि भएको पृष्ठभूमिमा आइतबार तेल मन्त्रालयका एक अधिकारीले ग्यास निर्यात गर्ने सम्भावनाबारे छलफल भइरहेको जनाए । इरानको राज्य सञ्चालित समाचार संस्था शानाले मन्त्रालयका इन्धन मामिला उप–मन्त्री माजिद चेगेनीलाई उद्धृत गर्दै भनेका छ, ‘इरानले […]

रूसी ग्यास कटौती तत्काल असम्भव : जर्मनी

मस्कोले यूक्रेनमाथि गरेको आक्रमणको विरोधमा यूरोपले रूसी ग्यास आयातमा कटौती गर्नु प्रत्युत्पादक हुने बताएको छ । जर्मनीका वित्त मन्त्री क्रिश्चियन लिन्डनरले सोमबार मस्कोले यूक्रेनमाथि गरेको आक्रमणविरुद्ध स्वीकृतिका रुपमा रूसी ग्यास आयातमा कटौती गर्न ईयूले अहिलेसम्म सम्भव नभएको बताएका हुन् ।इन्धन कटौतीले रूसमा मात्रभन्दा पनि यसले बढी हानि यूरोपलाई गर्ने भएकाले यो सम्भव नभएको उनले बताए ।लक्जेमबर्गमा आफ्ना युरोजोन समकक्षहरूसँग वार्ताका लागि आएका लिन्डनरले भने, “हामीले रुससँग सबै आर्थिक सम्