रूसी ग्यास कटौती तत्काल असम्भव : जर्मनी

मस्कोले यूक्रेनमाथि गरेको आक्रमणको विरोधमा यूरोपले रूसी ग्यास आयातमा कटौती गर्नु प्रत्युत्पादक हुने बताएको छ । जर्मनीका वित्त मन्त्री क्रिश्चियन लिन्डनरले सोमबार मस्कोले यूक्रेनमाथि गरेको आक्रमणविरुद्ध स्वीकृतिका रुपमा रूसी ग्यास आयातमा कटौती गर्न ईयूले अहिलेसम्म सम्भव नभएको बताएका हुन् ।इन्धन कटौतीले रूसमा मात्रभन्दा पनि यसले बढी हानि यूरोपलाई गर्ने भएकाले यो सम्भव नभएको उनले बताए ।लक्जेमबर्गमा आफ्ना युरोजोन समकक्षहरूसँग वार्ताका लागि आएका लिन्डनरले भने, “हामीले रुससँग सबै आर्थिक सम्

सम्बन्धित सामग्री

पूर्वाधार विकासमा राष्ट्रिय दृष्टिकोण

समाज ज्ञान, विज्ञान र प्रविधिको कारणले बितेको शताब्दीभन्दा धेरै सहज, सफल, सबल बन्दै गइरहेको छ । चीन जर्मनी, अमेरिकालगायत विश्वका २० वटै विकसित देशले पूर्वाधारको क्षेत्रमा व्यापक ज्ञान, पुँजी र बौद्धिक क्षमताको प्रयोग गरेका छन् । तिनीहरूको सापेक्षतामा हामी पछाडि भए पनि आफ्नै सापेक्षताभित्र हामी धेरै पछाडि छैनौँ । प्रयास गर्नुपर्छ सोच बदल्नुपर्छ । विशाल भारतमा गौतम अडानी भन्ने व्यवसायीले घर–घरमा पाइपबाट ग्यास पु¥याउन सक्नुभयो भने प्रधानमन्त्री केपी ओलीले भनेझैँ नेपालका घर–घरमा पाइपलाइनबाट ग्यास नपुग्ला त केही समयमा ? असम्भव पटक्कै छैन किनकि हरेक उपलब्धि प्रयासको प्रतिफल हो । उपलब्धिका लागि सोच निर्माण, सकारात्मक सोच र पूर्वाधारको विकास आवश्यक हुन्छ । हाम्रो विगत र वर्तमानबीचको खाडल यही र यस्तै प्रक्रियाबाट समथर बन्दै आएका छन् ।