धनुषा – तराई क्षेत्रमा जाडाेका बेला गरिब, विपन्न परिवारलाई विभिन्न संस्थाले राहत बाँड्न थालेका छन् । महोत्तरीका दुई पालिकाका एक हजार दुई सय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
इस्लामिक रिलिफ वर्ल्डवाइड नेपालको सहयोगमा दलित समाज उत्थान समिति नेपालले महोत्तरीको बलवा नगरपालिकाको वडा नं. १ र ३ का छ सय तीन जना तथा लोहारपट्टी नगरपालिका वडा नं. २ र ७ का पाँच सय ९७ जना गरी एक हजार दुई सय परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । बलवा नगरपालिकाका मेयर विजयकुमार महतोको अध्यक्षतामा न्यानो कपडाअन्तर्गत आठ ...