नेपाल राष्ट्र बैंकले विहीबार दुई हजार करोड अर्थात् २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ । हालको बैंकिङ्ग तरलता (लगानी योग्य रकम) को समस्यालाई मध्यनजर गर्दै बैंकले सर्टट्रम लोनका रुपमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरुका लागि यस्तो रिपो जारी गरेको हो । कर्जा चाहने बैंकहरुले उचित धितोसहित बैंकको वेभसाइटमा उपलब्ध लिंकमा गएर रिपोका लागि आवेदन दिन सक्नेछन् । रिपो म्याचुरिटी अर्थात् बैंकहरुले कर्जा परिचालन गर्न पाउने मिति प्रस्तावित रिपो निष्काशनको मितिले एक ह