बजारमा तरलता अभाव, बिहिबार २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले बिहिबार २० अर्ब रकम प्रणालीमा प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले बिहिबार रिपो मार्फत २० अर्ब रकम बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकले बिहिबार १४ दिने अवधिको रिपो जारी गर्न लागेको हो । बजारमा न्यून तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको लागि तरलता प्रवाह गर्न प्रयोग गर्ने उपकरण नै “रिपो” हो ।राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामार्फत यो रकम बजारमा पठाउने छ । यसको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुन्छ । बोलकबोलबाट निर्धारण भएको ब्याज दरमा राष्ट्र बैंकले यो रकम बजारमा पठाउछ । राष्ट्र बैंकले १४ दिनको लागि यो रकम बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकले यस अघि भदौ २४ मा पनि ३० अर्बको रिपो जारी गरेको थियो।बैंक तथा वित्तीय संस्थाहरु अहिले तरलता अभावको समस्यासँग जुधी रहेका छन् । तरलता अभावकै कारण बैंकहरुले असोज १ गतेबाट निक्षेपको ब्याज बढाउने तयारी गरेका छन्।

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधारको प्रतिविम्ब, उद्योग र व्यवसाय

केही महीना अघिसम्म तरलता अभाव झेलिरहेका बैंकहरूमा अहिले अधिक तरलताको अवस्था देखिएको छ । केन्द्रीय बैंकले तरलता प्रशोचनका लागि २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोका लागि बोलकबोल आह्वान गरेकामा २८ अर्ब ८० करोड रुपैयाँका लागि आवेदन परेको छ । त्यति मात्र नभई अहिले बैंकहरूसँग साढे तीन खर्ब रूपैयाँ लगानीयोग्य रकम रहेको तथ्यांकले देखाउँछ । यसले अहिले बैंकहरूसँग लगानीका लागि पर्याप्त रकम भएको स्पष्ट हुन्छ । कर्जा प्रवाह गर्नभन्दा रिभर्स रिपो र अन्य यस्तै उपकरणमा पैसा लगानी गर्न बैंकहरूले सहज मानेको देखिन्छ । लगानीयोग्य रकम पर्याप्त भएकाले अन्तर बैंक सापटीको दर पनि घटेको छ । अहिले बैंकहरूमा तरलता सहज भएको देखिए पनि पसल र उद्योगमा भने अझै सुधार हुन सकेको छैन । पसल र उद्योगबाट उत्पादित सामानका लागि माग नै बढ्न नसकेको भनाइ पाइन्छ । त्यसैले अबको नीति माग बढाउनेतर्फ केन्द्रित हुनुपर्ने देखिएको छ ।  यतिखेर नेपाल राष्ट्र बैंक मौद्रिक नीति निर्माणमा जुटिरहेको छ । कस्तो मौद्रिक नीति ल्याउने भन्ने बहस पनि चलिरहेको छ । अबको जोड माग र औद्योगिक गतिविधि कसरी बढाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ । मुख्य शहरहरूमा शटर खाली भइरहेका छन् भने खुलेका पसलहरूमा पनि विक्री नभएको व्यापारीहरूको भनाइ छ । काठमाडौंका सडकमा सवारीसाधनसमेत कम गुडेको देखिनुमा मागमा आएको कमीलाई कारण मानिएको छ । सरकारले पूँजीगत खर्च बढाउँदा पनि सर्वसाधारणको हातमा पैसा पुग्छ र माग बढ्छ । अन्य यस्तै उपाय छन् ।  अहिले नयाँ उद्योग त खुलेका छैनन् नै, भएका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालनमा रहेका छैनन् । सरकारी तथ्यांकले नै उद्योगहरूको क्षमता उपयोग घटेको देखाएको छ । त्यसैले उद्योगको क्षमता बढाउन पनि माग बढ्नु आवश्यक छ । पैसा थुप्रिने तर माग नहुने हो भने मुलुक मन्दीको अवस्थामा पुग्न सक्छ । माग नहुँदा उत्पादन हुँदैन, उत्पादन घटेपछि रोजगारीको संख्या घट्छ र रोजगारी गुमेपछि त्यसले माग झनै घटाउँछ । उद्योग र विभिन्न व्यवसायमा सुधार आएपछि मात्र अर्थतन्त्रमा सुधारको संकेत देखिएको भन्न सकिन्छ ।

१४ दिनको लागि २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्न रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले रिपोमार्फत बजारमा तरलता पठाउन लागेको हो । यही कात्तिक ४ गते सात दिन अवधिको १० अर्बको रिपो बजारमा पठाएकोमा आज परिपक्व हुँदै छ ।...

तरलतामा राष्ट्र बैंक र बैंकहरुबीच टकराव, अस्त्र बन्दै व्याजदर करिडोर

८ मंसिर, काठमाडौं । कात्तिक ०७३ मा बैंकहरुमा तरलता अभाव देखिएको थियो । त्यही अवस्था गत कात्तिकमा पनि दोहोरिएको सार्वजनिक भएपछि राष्ट्र बैंकले वास्तविकता पत्ता लगाउने रणनीति अपनायो । राष्ट्र बैंकले १ मंसिरमा दुई साताको २० अर्ब रुपैयाँबराबरको रिपो जारी गर्‍यो । बैंक तथा वित्तीय संस्थाबाट सात अर्ब ९५ करोडको मात्र …