संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन्। ‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटा विमान एक आपसमा ठोक्किँदा उनीहरूको मृत्यु भएको आयोजकहरूले आइतबार बताएका हुन्। 'हाम्रो रेसिङ परिवारका दुई सदस्य निक मेसी र क्रिस रशिङको अवतरण गर्दा दुर्घटनामा परी ज्यान गएको छ, दुवै जना दक्ष पाइलट थिए', रेनो एयर रेसिङ एसोसिएसनले एक विज्ञप्ति निकालेर भनेको छ। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा