काठमाण्डाै – नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाण्डाै महानगरपालिका र अस्पतालका प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ ।
महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिए पनि तत्काल अल्टिमेटमअनुसार संरचना नभत्काउने भएको हो । आज मङ्गलवार काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरूको निर्देशनअनुसार अगाडि बढ्ने सहमति गर्नुभयो । उहाँले प्राविधिकहरूले दिएको स...