काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय कमिटीदेखि वडा कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । राष्ट्रिय महाधिवेशन अगावै त्यसलाई लागु गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकरी दिए ।
आज बसेको स्थायी कमिटी बैठकले पार्टीको अन्तरिम विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा प्रस्ताव गर्नेगरी पारित गरेको उनले बताए...