‘रूस र युक्रेन युद्ध रोक्न सहमति नजिक’ : टर्की

रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने वार्ता सफलता नजिक पुगेको मध्यस्थकर्ता टर्कीले जानकारी दिएको छ । दुवै पक्ष युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूले बताएका हुन् । चोवाशुग्लूले भनेका छन्, ‘युद्धमा आम नागरिक मारिइरहँदा सजिलै सहमति कायम हुँदैन, तर यस्तो स्थितिबीच पनि वार्ता अघि बढिरहेको छ ।’दुवै पक्ष सम्झौताको नजिक पुगेको आफूहरूले देखेको चोवाशुग्लूले दाबी गरेका हुन् । चोवाशुग्लू गत साता युक्रेन र रूस दुवै मुलुक पुगेका थिए । युद