काठमाडौं । मोरङको विराटनगरबाट प्रहरीले हुन्डी कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ घर भएका श्रवण शाह, रंगेली नगरपालिका बस्ने जिज्ञासा चौधरी र झमेली चोक बस्ने ३३ वर्षीय अमृत कुमार साह सुडी छन् । विराटनगर महानगरपालिका–११ स्थित रोगशेष चोकमा चेकजाँच गर्दा २५ वर्षीय श्रवणको साथमा २१ लाख ७१ हजार नगद फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । श्रवणको बयानका आधारमा पक्राउ गरिएकी २५ वर्षीय जिज्ञासाको साथमा २३ हजार भारतीय रुपैयाँ