औद्योगिक क्षेत्रमा जग्गाको स्वामित्व

आर्थिक रूपान्तरण र समृद्धिका लागि औद्योगिक उत्पादन बढाउनु अनिवार्य हुन्छ । औद्योगिक विकासविना देशमा आर्थिक प्रगतिको लक्ष्य केवल दिवास्वप्न जस्तै हुन्छ । सोही मर्मप्रति ध्यान दिएरै नेपालमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण गर्नुको साथै त्यसका लागि अनेक योजना सार्वजनिक हुने गरेका पनि छन् । र, अहिले आएर बाराको सिमरामा रहेको सेजमा नयाँ औद्योगिक क्षेत्र बनाउने तयारी गरिएको छ । यसलाई सेज असफल भयो भन्ने स्वीकार गरेको रूपमा बुझ्नुपर्छ । देशमा स्थापना गरिएका सबै सेजबाट औद्योगिक विकास हुँदैन भन्ने कुरा पुष्टि हुँदै गएको छ । त्यसैले सेजको तुलनामा औद्योगिक क्षेत्र निर्माण गरिनु सकारात्मक हो ।  तर, यसका लागि निश्चित शर्त भने पूरा गर्नुपर्छ, जुन वर्षौंदेखि हुन सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिमरामा निर्माण हुने ४०० बिगाहाको औद्योगिक क्षेत्रबारेको निर्णय चाँडै मन्त्रिपरिषद्बाट पास हुने समेत जानकारी दिएका छन् । यसका लागि सरकारले बिर्सन नहुने प्रमुख कुरा जग्गाको स्वामित्वको बारेमा हो । अहिलेसम्म उद्योग खोल्न सरकारले आवश्यक वातावरण तयार पार्न नसकेको आरोप लागिरहेका बेला अब भने सरकार यसमा गम्भीर हुनुपर्छ । औद्योगिक विकासका लागि सेजमा उद्योगी, व्यवसायीको आकर्षण नदेखिनुमा जग्गाको स्वामित्व प्रमुख कारणमा रहेको छ । नेपालमा जग्गाको मूल्य निकै महँगो भएकाले उद्योग खोल्न ठूलो लगानी गर्नुपर्ने अवस्था छ । यस्तोमा सरकारले आवश्यक पूर्वाधारसहित औद्योगिक क्षेत्रको निर्माण र विस्तार गर्नुपर्ने हुन्छ । अहिलेसम्मका विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र वा ग्राम बनाउने भनिएका धेरैजसो कार्यक्रम हचुवाका भरमा ल्याइएका छन् । सरकारहरूबीच यस्ता कार्यक्रम घोषणा गर्न प्रतिस्पर्धा नै चल्ने गर्छ । सरकारले घोषणा गरेका यस्ता औद्योगिक क्षेत्रको संख्या दर्जनौं पाइन्छ तर तीमध्ये कतिपयको प्रारम्भिक अध्ययनसमेत भएको पाइँदैन । त्यही गलत अभ्यासले निरन्तरता पाउँदा अनेकौं आयोजना शुरू हुने तर त्यसमा भएको लगानीबाट प्रतिफल प्राप्त हुने गरेको छैन । कतिसम्म भने एउटा सरकारले अघि ल्याएको योजना सरकार फेरिएपछि कि त हराउँछ नभई त्यसले गति नै लिँदैन । सडक, विद्युत्, टेलिफोनजस्ता आवश्यक पूर्वाधार पुगेका क्षेत्रमा नै उद्योग कलकारखाना खोल्नुपर्ने हुन्छ ।  सरकारले जग्गा निश्चित अवधिका लागि उद्योगी, व्यवसायीलाई लीजमा वा विस्तारै त्यो जग्गा सम्बद्ध उद्योगी, व्यवसायीलाई नै विक्री गर्ने नीति लियो भने बढी प्रभावकारी हुन सक्छ । उद्योगसम्म कच्चा पदार्थ लैजान र उत्पादित वस्तुलाई बजारमा पुर्‍याउन यी अत्यावश्यक आधार हुन् । तर, यतिको सुविधा भएको ठाउँमा अहिले जग्गाको भाउ निकै महँगो छ । त्यसैले औद्योगिक क्षेत्रको विकासका लागि जग्गाप्राप्ति ठूलो चुनौतीका रूपमा रहेको छ । सोही चुनौतीबाट पार पाउन सरकारले जग्गा निश्चित अवधिका लागि उद्योगी, व्यवसायीलाई लीजमा वा विस्तारै त्यो जग्गा सम्बद्ध उद्योगी, व्यवसायीलाई नै विक्री गर्ने नीति लियो भने बढी प्रभावकारी हुन सक्छ । किनकि कुनै पनि उद्योगीलाई उद्योग स्थापनाको शुरूमै पूँजीजति जग्गामा लगानी गर्न कठिन पर्छ । कसैले लगानी गरी हाल्यो भने पनि त्यसबाट प्रतिफल प्राप्त हुँदैन । यसरी लगानी भएको रकमले उल्टै उद्योग सञ्चालमा असर पुग्ने गर्छ । त्यसैले यस्तोमा सरकारले उद्योगी, व्यवसायीलाई जग्गाको स्वामित्वबारे विश्वास दिलाउन सक्नुपर्छ । त्यस्तो विश्वास भयो भने उद्योगी, व्यवसायीले निर्धक्क लगानी गर्दैै जान्छन् र यसले औद्योगिक वातावरण सृजना गर्छ । उद्योगी व्यवसायीले विस्तारै कमाउँदै उद्योग स्थापना भएको जमीनको खरीद गर्न सक्छन् । त्यसैले यस्तो समस्याबारे घैटोमा घाम लाग्न नसकेको वर्तमान परिप्रेक्ष्यमा अब सुधार गर्नु आवश्यकता भइसकेको छ । कमसेकम सिमरा सेजमा औद्योगिक क्षेत्र बनाउने तयारी हुँदै गर्दा सरकारले त्यहीबाट शुरू गरेर उद्योगी, व्यवसायीको विश्वास जित्न सक्छ । न्यूनतम लगानीमै उद्योग खोल्न हुने सहजताले पार्ने चक्र ठूलो हुन्छ भन्ने कुरा उद्योग, व्यवसाय फस्टाएका ठाउँ हेर्दा स्पष्ट हुन्छ । सरकारले एकोहोरो सेजको रटान लगाइरहनुभन्दा उद्योग, व्यवसाय सञ्चालनमा परिरहेको वास्तविक समस्या यकीन गरी समाधान गर्न कन्जुस्याँइ गर्न हुँदैन । 

सम्बन्धित सामग्री

औद्योगिक क्षेत्रमा दैनिक नौ घण्टा लोडसेडिङ सुरू

काठमाडौं । भारतबाट आयात रोकिएपछि नेपालको औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले पिक आवरमा औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरू गरेको छ । बिहान सात बजेदेखि ११ बजेसम्म र साँझ पाँच बजेदेखि १० बजेसम्म गरी दैनिक नौ घन्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न थालिएको हो । प्राधिकरणले विराटनगर, वीरगन्ज, नेपालगन्ज, भैरहवा, पोखरालगायतका […]

५३ करोड भाडा बक्यौता, औद्योगिक क्षेत्रमा ताला

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले निर्धारण गरेको भाडा महँगो भएको भन्दै भाडा नतिर्ने घोषणा गरेका उद्योगीहरूले औद्योगिक क्षेत्रमा ताला लगाएका छन्।...

भाडा वृद्धिविरुद्ध औद्योगिक क्षेत्रमा उद्योगीले लगाए ताला

२५ मंसिर,बुटवल । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैपटक भारी मात्रामा भाडा वृद्धि गरेको भन्दै उद्योगीहरुले बुटवल औद्योगिक क्षेत्रमा तालाबन्दी गरेका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तरगत बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा […]

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौँ । काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा बुधबार आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । त्यसतर्फ दमकल पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले आगलागी भएको क्षेत्र ‘मनिटरिङ’ गरिरहेको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

मारिउपोलको एजोभस्तल औद्योगिक क्षेत्रमा भीषण भिडन्त

काठमाडौं– युक्रेनमा रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरस्थित एजोभस्तल औद्योगिक क्षेत्रमा भीषण भिडन्त शुरु भएको छ । एजोभस्तल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी फौजका कमाण्डरले भीषण भिडन्त शुरु भएको जानकारी दिएका हुन् । बेलायतबाट प्रकाशित हुने द गार्जियनले जनाएअनुसार रुसी फौजले एजोभस्तल क्षेत्रमा आक्रमणलाई तीव्रता दिएका छन् । सो क्षेत्रमा रहेको एजोभ रेजिमेन्टका कमाण्डर डेनिस […]

औद्योगिक क्षेत्रमा बढ्यो अघोषित लोडसेडिङ

काठमाडौं, चैत १४ । अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ। विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। अघिल्लो सातासम्म दैनिक एक(डेढ घण्टा […]

औद्योगिक क्षेत्रमा पुनः लोडसेडिङ

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा एक सातादेखि पुनः अघोषित लोडसेडिङ भएपछि विद्युत् सहज उपलब्ध गराउन उद्योगीहरुले माग गरेका छन्।...

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

काठमाडौं : बालाजुस्थित औद्योगिक क्षेत्रमा शुक्रबा रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। काठमाडौं महानगरपालिका–१६ स्थित औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा राति पौने दुई बजेदेखि आगो लागिरहेको प्रहरीले बताएको छ।प्रहरी र स्थानीयको सक्रियतामा आठवटा वारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगोलागीको कारण खुलेको छैन। क्षतिको विवरण पनि आइसकेको छैन।

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

काठमाडौँ। बालाजु औद्योगिक क्षेत्रमा शुक्रवार रातिदेखि भीषण आगलागी भएको छ । शुक्रवार राति दुई बजेदेखि भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ । प्रहरीका अनुसार १९ वटा पानी ट्याङ्कर ९ वटा वारुणयन्त्रे आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन सकेको छैन । औद्योगिक क्षेत्रमा रहेको एक बिस्कुट फ्याक्ट्रीमा आगलागी भएको […]

औद्योगिक क्षेत्रमा जाने उद्योगलाई सुविधा

उद्योगीहरु औद्योगिक क्षेत्रतर्फ आकर्षित नभएपछि सरकारले औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने तथा स्थानान्तरण गर्ने उद्योगलाई छुटको सुविधा दिने भएको छ । जग्गाको अत्यधिक मूल्यका कारण उद्योग खोल्न नै समस्यामा परेको लगानीकर्ताले गुनासो गरिरहेको बेला सरकारले निर्माणाधीन औद्योगिक क्षेत्रमा उद्योग खोल्ने व्यवसायीलाई कर, पूर्वाधार लगायतका सुविधा दिन प्रक्रिया अघि बढाएको हो ।औद्योगिक पूर्वाधार निर्माणका लागि सरकारले […]