प्राइम बैंकले सेयरधनीलाई १६ दशमलव ६३ प्रतिशत लाभांश दिने

प्राइम बैंकले सेयरधनी लगानीकर्ताहरुलाई अधिकतम १६.६३१३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको गत सोमबार बसेको सञ्चालक समितिको ४३३ औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । यद्यपि, प्रस्तावित लाभांश भने नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि बैंकको आगमी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ । 

सम्बन्धित सामग्री

प्राइम कमर्सियल बैंकको १४औं साधारण सभा आज, १६.६३% लाभांश पारित हुँदै

पुस ६, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १४औं साधारण सभा आज (मंगलवार) हुँदैछ । सभा कम्पनीको केन्द्रीय, कार्यालय, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुने भएको हो । सभाले शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको १६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १६ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको नियुक्ति गर्ने, प्रवन्धपत्रको उद्देश्यमा आवश्यक संशोधन गरी उद्देश्य थप गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गते (एक दिन) बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर २१ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर २१, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १६ दशमलव ६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त प्रस्तावसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २२ गते एक दिन बुक क्लोज गर्ने भएसँगै लाभांश प्राप्त गर्न बुधवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो । कम्पनीले पुस ६ गते १४औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंबाट बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी पनि कम्पनीले गरेको छ । कम्पनीले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभामार्फत गर्नेछ ।

प्राइम कमर्सियल बैंकको १६.६३ % लाभांश सुरक्षित गर्ने अन्तिम मौका मंगलवार

मंसिर २०, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १६ दशमलव ६३ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर २१ गते मंगलवार अन्तिम मौका रहेको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०७७/ ०७८ को मुनाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  उक्त प्रस्तावसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २२ गते एक दिन बुक क्लोज गर्ने भएसँगै लाभांश प्राप्त गर्न मंसिर २१ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । कम्पनीले पुस ६ गते १४औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंबाट विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी पनि कम्पनीले गरेको छ ।कम्पनीले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभामार्फत गर्नेछ ।