नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति बढ्ने बताएका छन् । शुक्रबार जनजाति आदिवासीहरूसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यो सरकारले विकासका काम नगरेको भन्दै मंसिरको निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले रेलको गतिमा विकासका काम गर्ने बताएका हुन् । ‘यो सरकारलाई काम गर्ने फुर्सद पनि छैन, यो काम गर्न जन्मेको पनि होइन । बेग्लै उद्देश्यका लागि जन्मिएको सरकार त्यसैगरी अलमलिएको छ’, अध्यक्ष