११ वैशाख, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा सत्तारुढ गठबन्धनका दुई दल माओवादी केन्द्र र जसपाले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् । जसपाले मेयर र माओवादी केन्द्रले उपमेयर पाउने गरी तालमेल भएको छ । जसपाले साबिर खानलाई मेयरको र माओवादीले जनयुद्धका घाइते तत्कालीन कम्पनी कमाण्डर शिवकुमार रामलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ । […]