बलिउड अभिनेता सलमान खान र उनकी बहिनी अलवीरा खान माथि ठगीको आरोप लागेको छ। चंडीगढका व्यापारी अरुण गुप्ताले उनीहरुसहित ६ जनाविरुद्ध पुलिसमा उजुरी दिएका हुन्।
सलमान खानले संचालन गरिरहेको 'बिइंग ह्युमन' शोरूमको फ्रान्चाइज खोल्न २ करोड रुपैया लगानी गर्न भनिएको र शोरुममा सलमान समेत आउने तय भएको उनको दाबी छ।…