बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएकोबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदमा प्रष्टिकरण दिएका छन् । विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले सलमान खान सहभागी हुने भनिएको कार्यक्रम सरकारका तर्फबाट नभइ निजी क्षेत्रले आयोजना गर्न लागेको बताए ।‘मन्त्रालयले आयोजना गरेको कार्यक्रम होइन, प्राइभेट सेक्टरले गर्न लागेको कार्यक्रम हो,’ उनले भने, ‘प्राइभेट सेक्टरले बढी से बढी पर्यटक भित्र्याउन