पार्टी एकताका लागि भन्दै कार्यदलले तयार पारेको मस्यौदाको भाषामा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् ।
कार्यदलका आफूपक्षीय सदस्यहरूलाई आइतवार बिहान निवासमा बोलाएर वरिष्ठ नेता नेपालले कार्यदलले तयार पारेकै भाषामा सहमति गरी हस्ताक्षर गर्न गाह्रो हुने सुनाएका हुन् ।
एमाले उच्च स्रोतका अनुसार माधव नेपालले खासगरी दुई कुरामा असहमति जनाएका छन् ।
'पहिलो त उहाँले अदालतको फैसलालाई प्रभावित पार्ने खालको कुनै पनि भाषा स्वीकार्य छैन भन्नुभएको छ,' उच्च स्रोतले भन्यो, 'दोस्रो कुरा उहाँले अध्य...