नयाँ बानेश्वरको सुरक्षा व्यवस्था कडा, १४ जना डिएसपीसहित २४ सय प्रहरी परिचालन

काठमाडौं, १२ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा आज छलफल हुने भएपछि बानेश्वर वरपरको सुरक्षामा कडाई गरिएको छ । आज हुने सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै बानेश्वरमा २४ सय भन्दा बढी प्रहरी र १४ जना डिएसपी खटाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । बानेश्वर वरपर प्रदर्शन सुरु भएका छन् । आज सत्ताघटक दलहरु नेकपा माओवादी […]

सम्बन्धित सामग्री

काठमाडाैंका खाली सडकमा व्यापक प्रहरी परिचालन (तस्वीरहरू)

एमाले र दुर्गा प्रसाईंकाे परस्परविराेधी आन्दाेलनका कारण काठमाडाैंकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

चितवन-२ का १३ वटा केन्द्र अतिसंवेदनशील,१ हजार २७० प्रहरी परिचालन

चितवन प्रहरीले बैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर- २ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ।...

पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा

यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । पशुपतिनाथ क्षेत्रमा शुक्रबारदेखि नै प्रहरी परिचालन गरिएको छ ।

सुदूरपश्चिममा चाडपर्व लक्षित कडा सुरक्षा‚ ४ हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ । दशैं तिहारमा हुने सम्भावित आपराधिक घटना रोक्न सुदूरपश्चिम प्रदेशमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ  ।  प्रदेशको राजधानीसमेत रहेको कैलालीमा पनि स्थानीय प्रशासनले चाडपर्वको अवधिमा हुनसक्ने घटना न्यून गर्न विशेष सुरक्षा योजना लागू गरेको छ। […]

सुदूरपश्चिममा चाडपर्व लक्षित कडा सुरक्षा‚ ४ हजारभन्दा बढी प्रहरी परिचालन

धनगढी : जब दशैं तिहार आउँछ, गाउँमा चहलपहल बढ्छ र शहर सुनसान हुन्छ। शहरका घरहरूमा मानिस हुँदैनन्, खाली हुन्छन्। गाउँमा पनि मेला हुने भएकाले घरमा कोही हुँदैनन्। यस्तै समयमा चोरी तथा लुटपाटका घटना हुने गर्छन्।मेलामा झैझगडा हुने तथा अन्य आपराधिक क्रियाकलापको जोखिम हुन्छ। दशैं तिहारमा हुने सम्भावित यस्तै आपराधिक घटना रोक्न सुदूरपश्चिम प्रदेशमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी का

जबराको पक्षमा प्रदर्शनको सूचनापछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत सुरक्षा स्रोतका अनुसार वीर गोर्खाली अभियान, नेकपा (एमाले) निकट अनेरास्ववियु र १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो । गतवर्ष जबराविरुद्ध नेपाल बारले गरेको प्रदर्शनको विरोधमा १०० ग्रुपले हस्तक्षेप गरेको […]

होलीका लागि भन्दै काठमाडौं उपत्यकामा ३५ सय प्रहरी परिचालन

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

कांग्रेस महाधिवेशनको सुरक्षामा ५ हजार प्रहरी र तालिम प्राप्त कुकुर परिचालन

नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा थप ५ हजार प्रहरी परिचालन गरिएको छ । भृकुटीमण्डपमा शुक्रवार हुने उद्घाटन सत्रमा विदेश तथा देशभरबाट आएका पाहुना, प्रतिनिधि र नेता कार्यकर्ता सहभागी हुने कांग्रेसले जनाएको छ ।   एआईजी हरिबहादुर पालको कमाण्डमा प्रहरी चौबिसै घण्टा सुरक्षामा खटिनेछन् । महाधिवेशनमा आउने पाहुनाको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीसहित सशस्त्र प्रहरी, सीआईबी, ट्राफिक प्रहरी र सादा पोशाकका प्रहरी परिचालन गरिएको...

सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्था (तस्बिरहरु)

काठमाडौँ – सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सर्वोच्च परिसरको भित्र र बाहिर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। जनपदसँगै सशस्त्र प्रहरी परिचालन गरिएको हो। कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत छिर्न नदिन मूल प्रवेशद्वारमा धर्ना दिइरहेका छन्। सोहीअनुसार सर्वोच्च परिसरमा बार आवद्ध कानुन व्यवसायीहरुको बाक्लो उपस्थिति […]