काठमाडौं, वैशाख १३ । निर्वाचन आयोगले आज मंगलबारबाट मतपत्र ढुवानी शुरू गर्ने जनाएको छ । आयोगले पहिलो चरणमा कर्णाली प्रदेशका लागि मतपत्र ढुवानी गर्न लागेको हो । नेपाली सेनाको सुरक्षा घेरामा जिल्लास्थित निर्वाचन केन्द्रमा पुग्ने गरी मतपत्र ढुवानी गर्न लागेको हो । गएको चैत १६ गतेबाट मतपत्र छपाइ शुरू भएको थियो । जनक शिक्षा सामग्री […]
काठमाडौं । नेकपा एमालेको पहिलो पोलिटब्यूरो बैठक शुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांकेटमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । आजको बैठकमा आसन्न स्थानीय तह निर्वाचनको विषयमा छलफल हुनेछ । स्थानीय निर्वाचनसँगै समसायमयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पहिलो पटक पोलिटब्यूरो बैठक बसेको हो ।
The post एमालेकाे पोलिटब्यूरो बैठक शुरू appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं विश्वविद्यालय (केयु) ले ब्याचलरमा टेक्लिकल एजुकेसन कोर्ष शुरू गर्ने भएको छ । आगामी मार्चदेखि विश्वविद्यालयले ब्याचलर इन टेक्निकल एजुकेसन (बीटेक एड) शुरू गर्ने भएको हो ।
देशमा प्राविधिक तथा व्यवसायीक शिक्षा पढाउने शिक्षक तथा सिकाइ सहजकर्ताको अभाव भएकाले बीटेक एड शुरू गर्ने लागेको काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन बाल चन्द्र लुइटेलले बताए...
कांग्रेस महाधिवेशनमा दोस्रो चरणको मतदान शुरू भएको छ । साढे ३ बजेबाट शुरू हुने भनिए पनि केहीबेर ढिला गरी मतदान शुरू भएको हो ।
पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो ।
सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।
मतदानको समय साँझ साढे ७ बजेसम्मका लागि तोकिएको छ ।
पदाधिकारीको संख्या बढाउने सहमतिपछि पनि नेतृत्वमा सहमति जुट्न नसक्दा एमाले महाधिवेशनको बन्दशत्र शुरू हुन ढिला भएको छ ।
शनिवार बिहान १० बजे नै शुरू गर्ने भनिएको बन्दशत्र मध्यान्ह साढे १२ बजेसम्म शुरू हुन सकेको छैन । बन्दशत्र शुरू हुनुअघि अध्यक्ष केपी शर्मा नेता ओलीले प्रभावशाली नेताहरूबीच छलफल गरेका थिए ।
सहमतिको प्रयासस्वरुप नेताहरूबीच छलफल भए पनि सहमति जुट्न नसकेको स्रोतले बतायो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले दाबी गरिरहेका छन् ।
महासचिवका लागि उपमहासचिव विष्णु पौडेलको नाममा...
नेपाल भारत मैत्रिपूर्ण खेल शुरू भएको छ।
निर्धारित समयमा दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल शुरू भएको हो।
लक्की ड्र मा भारतले जित्दै पहिलो हाफ शुरू भएको हो।
सुनिल क्षेत्रीको कप्तानीमा भरतले नेपालसँग भिड्दै छ भने किरण चेम्जोङको नेतृत्वमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसंग खेल्दै छ।
निर्धारित डेढ घण्टाको खेलमा पहिलो हाफ शुरू भएको हो।
माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू भएको छ ।
दुई दिन चल्ने राष्ट्रिय भेला भर्चुअलरूपमा शुरू भएको हो । वाईसीएलका प्रतिनिधिहरू हरेक प्रदेशमा भेला भएका छन् ।
भेलाको उद्घाटन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् ।
कोरोना महामारीका कारण एक वर्ष पछि सरेको ग्रीष्मकालीन ओलम्पिकको औपचारिक आरम्भको समारोह टोक्योमा शुरू भएको छ ।
समारोहमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र अमेरिकाकी प्रथम महिला जिल बाइडन उपस्थित छन् ।
फ्रान्समा सन् २०२४ को ओलम्पिक आयोजना गरिनेछ ।
शनिवार बिहानदेखि औपचारिक खेलहरू शुरू हुनेछन् ।
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना शुरू भएको छ ।
कडा सुरक्षा घेराभित्र मतगणना शुरू भएको छ ।
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको निर्वाचनमा २९७ मत खसेको छ ।
केहीबेर अगाडिबाट मतगणना शुरू भएको हो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।