कर्णालीमै १० प्रकारका आयुर्वेदिक औषधि उत्पादन हुँदै आएको छ । वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले अश्वगन्धा, सितो पलादी, आमलकी, अविपतिकर, अमृत चिया, पिडाहर तेललगायत औषधि उत्पादन गरिरहेको छ । अस्पतालले ग्यास्ट्रिक, पेटको रोग, बाथलगायतका बिरामीको उपचारका लागि २०७७ सालबाटै ती औषधि उत्पादन गरिरहेको हो ।