काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन्। मंगलबार विद्यालय शिक्षाको समग्र शिक्षाको सुधारका लागि ३१ बुँदे प्राथमिकता सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप प्रदान गरिने विषयलाई मन्त्री पौडेलले पहिलो प्राथमिकता दिएका छन्। तर, कति समयभित्रमा खोप उपलब्ध गराइसक्ने भन्ने विषयमा भने उनले स्पष्ट पारेका छैनन्।संघीय शिक्षा ऐनलाई सकेसम्म छिटो जारी गर्ने, शिक्षक दरबन्