विश्वका ठूला अर्थतन्त्रहरूको समूह जी–२० सदस्य देशका विदेश मन्त्रीस्तरीय बैठक भारतमा सुरु भएको छ ।
बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी–२० सदस्य देश एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले अहिलेको भूराजनीतिक तनाव समाधान गर्न एकताबद्ध हुन अपिल गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।
प्रधानमन्त्री मोदीले विकास, आर्थिक लचिलोपन, वित्तीय स्थायित्व, भ्रष्टाचार, आतङ्कवाद र खाद्य तथा ऊर्जा सुरक्षाका चुनौतीको सामना गर्न विश्वले जी–२० लाई आशा र भरोसाका साथ हेरेको बताउनुभय...