अविरल वर्षाका कारण पहिरो जाँदा दुईजनाको मृत्यु

काठमाडौं : अविरल वर्षाको कारण पहिरोको जाँदा कालीकोट र डडेल्धुरामा दुईजनाको मृत्यु भएको छ।कालीकोटको महावै गाउँपालिका-७ राम्नीका विष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उनकी छोरी १८ वर्षीया स्मृतिको पुरिएर मृत्यु भएको छ। साथै‚ उनकै १५ वर्षीया छोरी घाइते भएकी छिन्।यस्तै, डडेलधुरा, गन्यापधुरा गाउँपालिका-१ भात्काडामा सोमबार राति पहिरोले पुरिएर ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ। पहिरो जाँदा पसलभित्र विष्णु च्यापिएको प्रहरीले जनाएको छ। च्यापिएका उनलाई जिल्

सम्बन्धित सामग्री

डोटीमा बर्षाले घर भत्कियो, २ जनाको मृत्यु

तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिए दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सायल–६ मेल्लेखका सागर  र ११ आशिष कुन्जेडा छन् । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षातले स्थानीयवासी वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो । च्यापिएका शव निकाल्न तथा थप उद्धारका लागि इलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी निरीक्षक किसन चन्दको नेतृत्