काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा सिंहदरबारमा ४ घण्टा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । आइतबार गृह मन्त्रालयमा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा र भावी चुनौतीबारे ब्रिफिङ गरेका थिए । बैठकमा समग्र सुरक्षाको वस्तुस्थितिबारे ४ घण्टा छलफल भएको छ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले सुरक्षा वस्तुस्थितिको वर्तमान अवस्था र भोलि आउने चुनौतीबारे रिपोर्ट प्रस्तुत गरेका थिए । पछिल्लो समय साइबर सुरक्षाको चुनौती थप बढ्दै गएको अधिकारीले बैठ