स्थानीय तह निर्वाचनको सुरक्षाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ ।
सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी गरेपछि गृह मन्त्रालयलमा सुरक्षा समितिको बैठक बसेको हो ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा सबै सुरक्षा निकायका प्रमुखहरू र मन्त्रालयका अधिकारीहरूको सहभागिता छ ।
सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ ।