काठमाडौं : विभागीय टिम एपिएफले धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा अन्तिम चारमा स्थान बनाएको छ। सुदूरपश्चिम प्रदेशलाई ८९ रनले पराजित गर्दै विभागीय टिम एपिएफ प्रतियोगिताको एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो।टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो। उसका लागि इन्दु बर्माले ३३ रन बनाउँदा राजमती ऐरीले १९ तथा सरिता मगरले १८ रनको योगदान दिएकी थिइन्।यस्तै, रोमा थापाले १६ रन बनाउँदा ममता चौधरीले १४ रन बनाउन सफल भइन्। सुदूरपश्चिमकी रितु कन