प्रधानमन्त्रीलाई ओलीको प्रश्न- लिम्पियाधुरा फिर्ता ल्याउँछु भन्न किन डराउँछ सरकार ?

नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि फिर्ता ल्याउने विषयमा सरकारको नीति तथा कार्यक्रम मौन रहेको आरोप लगाएका छन् ।  मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर ओलीले लिम्पियाधुरा र लिपुलेकलाई समस्या भनिएकोमा आपत्ति जनाएका हुन् ।  ‘लिम्पियाधुरा लिपुलेक र कालापानी समस्या होइन पवित्र भूमि हो, फिर्ता लिनुस् । छाड्ने अधिकार छैन सरकारलाई,’ ओलीले भने, ‘फिर्ता लिन सक्नु भएन भने डेढ वर्ष पर्खिनुस् हामी ...

सम्बन्धित सामग्री

सरकारलाई ओलीको प्रश्न : लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन ?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्न सक्नुहुन्छ? भनेर प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रममा आफ्नो भूमिबारे बोल्न नसकेकाे आराेप लगाए। 'योभन्दा कायरता के हुन्छ? लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन? सरकार यो नेपालको हो भन्न सक्छ कि सक्दैन? यो जमिन फिर्ता ल्या