अष्ट्रियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउन मिल्ने समूहका सवैलाई खोप अनिवार्य गर्ने कानुन बन्न लागेको छ । आगामी महिनादेखि लागु हुनेगरी बिहीबार यस्तो कानुन संसदबाट पारित गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।
योसँगै खोप लगाउन मिल्ने समूहलाई खोप अनिवार्य गर्ने पहिलो यूरोपेली देश अष्ट्रिया नै बन्ने भएको छ । कोरोनाभाइरसविरुद्ध लड्नका लागि सवैभन्दा प्रभावकारी र भरपर्दो उपाय नै खोप भएकाले त्यसलाई अनिवार्य गर्नुपर्ने पक्षमा सवै पार्टीका सांसदहरु रहेको दावी गरिएको छ ।
भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या दिनप्रति दिन बढ्दै गएक...