काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आजदेखि लिलामीमा ल्याएको छ । बैंकले कम्पनीको ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
उक्त शेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ७०६ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
आवेदकले माघ २७ गतेसम्म उक्त लिलामी शेयरमा आवेदन दिन सक्नेछन् । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
साथै माघ २० गतेपश्चात् कोषबाट घोषणा हने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश स्वीकृति आवेदनकर्ताले प्राप्त गर्न सक्नेछन् । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।