काठमाडौं : सरकारले मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरण गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलम्ची जलाधारको भौगोलिक र नदी आकृति विज्ञानको अध्ययन प्रतिवेदनका आधारमा दिगो पानी पथान्तरण गर्ने बताएकी हुन्।उनले भनिन्, ‘मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरणका लागि निकायगत समन्वय गरिनेछ, काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुरको अरनिको राजमार्ग वरिपरिका स्थानमा खानेपानीको पाइप बिछ्याउन शुरु गरिने