काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौंको माइतीघरबाट उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका पाँचै जना राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेका छन् । प्रहरीका अनुसार उनीहरुले संविधान जलाउन खोजेका थिए ।