दाङ– दाङस्थित भूगोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मोवाइल बैंकिङ्ग सेवा सुरु गरेको छ। सहकारीका शेयर सदस्य तथा बचतकर्तालाई वित्तीय कारोबारमा सहयोग पुर्याउने उद्देश्यले मोवाईल बैंकिङ्ग सेवा दिन थालेको सहकारी संस्थाका अध्यक्ष गंगाराम भट्टराईले जानकारी दिए। उनका अनुसार सबै प्रकारको आर्थिक कारोबार मोवाइल बैंकिङ्गबाट गर्न सकिने छ। मोवाइलमा रिचार्ड, विजुली, खानेपानी, इन्टरनेटको भुक्तानी गर्न, […]