धनगढी : सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ।धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मनाङ दोस्रोपटक च्याम्पियन बनेको हो। मनाङको जितका लागि दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक/एक गोल गरे।उपाधिसँगै मनाङले २१ लाख नगद प्राप्त गरेको छ। उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छ। सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगि