तालिबानसँगकाे छलफलपछि अफगानिस्तान क्रिकेट बोर्डमा फर्किए फाजिल

अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्षमा अजिजुल्लाह फाजिल फर्किएका छन्। हालसालै अफगानिस्तानको सत्ता हातमा लिएको बिद्रोही तालिबानसँगकाे छलफलपछि फाजिल अध्यक्षकाे जिम्मेवारी पुन:  लिएका हुन्। यसअघि सन् २०१८ को सेप्टेम्बरपछि ११ महिना उनी अफगानिस्तान क्रिकेट संघको अध्यक्ष बनेका थिए। विश्वकप क्रिकेटमा टोलीको कमजोर प्रदर्शनपछि फाजिलले पद छाडे‍का थिए। तालिबानका प्रतिनिधिले यसअघि अफगानिस्तान क्रिकेट बोर्डका अधिकारीसँग छलफल गरेका थिए। […]

सम्बन्धित सामग्री

आईसीसी बोर्ड बैठकअघि अफगानिस्तानले माग्यो सदस्य राष्ट्रसँग सहयोग

एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का अन्य सदस्य राष्ट्रसँग सहयोगका लागि अनुरोध गरेको छ । अर्को महिना हुने आईसीसी बोर्ड बैठकमा आफगनिस्तान क्रिकेटको भविष्यबारे महत्वपूर्ण निर्णय हुने अनुमान गरिएको छ । त्यसै सन्दर्भमा एसीबीले अन्य सदस्य राष्ट्रसँग सहयोगका लागि अनुरोध गरेको हो ।  युद्धग्रस्त राष्ट्र अफगानिस्तानले पछिल्लो...

कप्तान बनेको आधा घन्टामै रसिदको राजीनामा

अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी)ले आसन्न आइसिसी टी–२० विश्वकप २०२१ का लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । बोर्डले रसिद खानको कप्तानीमा टोली घोषणा गरेको थियो । तर, खानले बोर्डको निर्णय सार्वजनिक भएको...

राशिद खानले कप्तानबाट राजीनामा दिनुभयो

अफगानिस्तान क्रिकेट टोलिका कप्तान राशिद खानले कप्तानबाट राजीनामा गर्नुभएको छ । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटका लागि अफगानिस्तानले टोलिको घोषणा गरे लगत्तै राशिदले राजीनामा दिनुभएको हो । बिहीबार अबेर अफगानिस्तान क्रिकेटले विश्वकप खेल्ने टोलिको घोषणा गरेको थियो । टोलिका सदस्यको नाम सार्वजनिक हुँदै गर्दा कप्तान राशिदले राजीनामा दिनुभयो । उहाँले सामाजिक सञ्जालमा एक वक्तब्य जारी गर्नुहुँदै अफगानिस्तान क्रिकेट बोर्ड र चयनकत्र्ता समितिले आफ्नो सुझाबप्रति ध्यान नदिएको गुनासो गर्नुभएको छ । एक कप्तान र राष्ट्रको जिम्मेवार ब्यक्तिको हैसियतले मैले खेलाडी चयन प्रकृयामा सहभागी हुनु आफ्नो अधिकार सम्झेको उहाँले खुलाउनुभएको छ ।

तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तान क्रिकेट बोर्डको नेतृत्व हेरफेर

एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)को अध्यक्षमा अजिजुल्लाह फाजली नियुक्त भएका छन् । पश्चिमा देशको सैनिक फिर्ता भएसँगै निर्वाचित सरकारलाई अपदस्त गरी तालिवानले सत्ता संहालेपछि पहिलोपल्ट क्रिकेट बोर्डमा नेतृत्व हेरफेर गरिएको हो । फाजलीले यसअघि एक कार्यकाल एसीबीको अध्यक्ष भइसकेका छन् । तत्कालीन अध्यक्ष अतिफ माशलले राजीनामा गरेपछि सन् २०१८ को सेप्टेम्बरमा उनी अध्यक्ष बनेका […]

https://www.onlinekhabar.com/2020/05/862826

२९ वैशाख, काठमाडौं । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई क्रिकेट खेल्नबाट ६ वर्षको प्रतिबन्ध लागेको छ । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले म्याच फिक्सिङको आरोप लागेका शफिकलाई म्याच फिक्सिङ पुष्टि भएपछि सबैखाले क्रिकेटबाट ६ वर्षको प्रतिबन्ध …