राशिद खानले कप्तानबाट राजीनामा दिनुभयो

अफगानिस्तान क्रिकेट टोलिका कप्तान राशिद खानले कप्तानबाट राजीनामा गर्नुभएको छ । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटका लागि अफगानिस्तानले टोलिको घोषणा गरे लगत्तै राशिदले राजीनामा दिनुभएको हो । बिहीबार अबेर अफगानिस्तान क्रिकेटले विश्वकप खेल्ने टोलिको घोषणा गरेको थियो । टोलिका सदस्यको नाम सार्वजनिक हुँदै गर्दा कप्तान राशिदले राजीनामा दिनुभयो । उहाँले सामाजिक सञ्जालमा एक वक्तब्य जारी गर्नुहुँदै अफगानिस्तान क्रिकेट बोर्ड र चयनकत्र्ता समितिले आफ्नो सुझाबप्रति ध्यान नदिएको गुनासो गर्नुभएको छ । एक कप्तान र राष्ट्रको जिम्मेवार ब्यक्तिको हैसियतले मैले खेलाडी चयन प्रकृयामा सहभागी हुनु आफ्नो अधिकार सम्झेको उहाँले खुलाउनुभएको छ ।